images
images
  • कर्ण थापा महाधिवेशन हलमा ठिङ्ग १५ मिनेट उभिँदा पनि दिएनन् अध्यक्ष ओलीले बोल्न

    काठमाडौं– नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्ण थापाले महाधिवेशन हलमै फरक मत राख्न नपाएका छन् ।

    ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनमा सुरुमा थापाले हलमै आफ्नो फरक मत राख्न पाउने बताए पनि पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विषय समूहगत छलफलमै राख्न निर्देशन दिँदा थापाले प्रत्यक्ष मतदान वा अभिव्यक्ति गर्न सकेनन् ।

    स्रोतका अनुसार फरक मत राख्न नपाएपछि थापा लगभग १५ मिनेटसम्म हलमै ठिंग भएर उभिएका थिए ।

    थापाले विशेष रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णयविरुद्ध आफ्नो मत राख्दै आएका छन् ।

    उनका अनुसार भण्डारीलाई पार्टी राजनीतिमा आउन रोक लगाउनु उचित हुँदैन ।

    विधान महाधिवेशनको दोस्रो दिन पार्टी अध्यक्ष, उपाध्यक्ष र महासचिवले प्रस्तुत गरेका प्रस्तावहरूमा समूहगत छलफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images