काठमाडौं– प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्दसम्बन्धी विषयमा वैकल्पिक उपाय खोज्ने निर्णय गरेको छ ।
भदौ २२ गते आइतबार बिहान काठमाडौंको बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा सम्पन्न पदाधिकारी बैठकमा यो निर्णय गरिएको हो ।
बैठकमा सहभागी एक नेताले सरकारसँग छलफल गरेर उपयुक्त विकल्प पहिचान गर्ने पार्टीको योजना भएको जानकारी दिएका छन् ।
बैठकमा सञ्जाल बन्द गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच कुनै संवाद नभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्























