काठमाडौं– साउन पहिलो साता भंगालस्थित निवासमा पत्रकारसँग भेट्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गरेकी थिइन्, ‘एमालेले जबज नै छोड्ने त होइन जस्तो लाग्न थालेको छ ।’
उनको यो भनाइले एमालेभित्र र बाहिर दुवै ठाउँमा सक्रिय राजनीतिमा पुनः फर्किने कि भन्ने बहसलाई थप चर्काएको थियो ।
ठीक डेढ महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमार्फत नयाँ विचार अघि सारेका छन्, ‘नेपाली विशेषताको समाजवाद ।’
यसले २०४९ सालयता पार्टीको मार्गदर्शक सिद्धान्त बनेको मदन भण्डारीको (जनताको बहुदलीय जनवाद (जबज))लाई बिस्तारै विस्थापित गर्ने संकेत गरेको छ ।
ओलीको प्रतिवेदनमा नेपाली विशेषताको समाजवाद अन्तर्गत प्रतिस्पर्धात्मक र जनमुखी अर्थनीति, श्रमजिवी वर्गलाई आर्थिक न्याय, उत्पादन र वितरणमा समन्याय, सहकारिताको उपयोग, पर्यावरण रक्षा, नवप्रवर्तन र तीव्र आर्थिक विकासको खाका प्रस्तुत गरिएको छ ।
विविधतामै एकतालाई प्रवद्र्धन गर्ने र परिपूर्ण लोकतन्त्रलाई आधार बनाउने प्रावधान पनि जोडिएका छन् ।
यदि विधान महाधिवेशनले ओलीको प्रस्ताव पारित ग¥यो भने एमालेले जबजलाई औपचारिक रूपमा छाड्दै ‘नेपाली विशेषताको समाजवाद’लाई मूल सिद्धान्तका रूपमा अँगाल्ने निश्चित देखिन्छ ।























