images
images
  • सामाजिक सञ्जाल बन्दविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं– दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

    बिहीबार रातिदेखि फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय आएपछि शुक्रबार विभिन्न व्यक्तिहरूले सर्वोच्चमा रिट दिएका हुन् ।

    सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार अहिलेसम्म रिट दर्ता भने भएको छैन ।

    एकै विषयमा धेरै रिट आएकाले सबैलाई एकैपटक अध्ययन गरेर मात्रै दर्ता गर्ने तयारी भइरहेको उनले बताए ।

    सरकारले यसअघि सर्वोच्च अदालतकै फैसलालाई आधार मानेर सूचीकरणमा नआएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।

    सो निर्णयअनुसार दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले ती प्लेटफर्म बन्द गरिएको सूचना जारी गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images