images
images
  • प्रधानमन्त्री ओलीको सचिवालयले टेरेन सरकारी निर्णय

    काठमाडौं– सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय भने ती प्लेटफर्ममै सक्रिय देखिएको छ ।

    प्रधानमन्त्री सचिवालयको फेसबुक पेजमा एमाले विधान महाधिवेशनसम्बन्धी तस्बिर र समाचार पोस्ट भएका छन् भने ह्वाट्सएप ग्रुपमार्फत पत्रकारहरूलाई निरन्तर जानकारी पठाइँदै छ ।

    एमालेको आधिकारिक फेसबुक पेज हिजो रातिसम्म सक्रिय रहँदा ‘सूर्य खबर’ नामक बुलेटिनसमेत प्रसारण भएको थियो। तर आजदेखि कुनै नयाँ पोस्ट छैन ।

    प्रधानमन्त्री ओली स्वयं सामाजिक सञ्जालमा सक्रिय नेता भए पनि प्रतिबन्धपछि नयाँ पोस्ट गरेका छैनन् ।

    सरकारको निर्देशनअनुसार नेपाल टेलिकम, एनसेल र वर्ल्डलिंकसहितका प्रदायकहरूले सामाजिक सञ्जाल बन्द गरेका छन् ।

    यसबीच भीपीएन प्रयोग गरेर सचिवालयले प्लेटफर्म चलाइरहेको हुनसक्ने आशंका गरिएको छ ।

    oli 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images