images
images
  • भित्र ओलीले सम्बोधन गर्दै, बाहिर विद्याको पत्रबम विस्फोट

    काठमाडौं– नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ ।

    उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य दिँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवाद महाधिवेशनमा छलफल नहुने अडान व्यक्त गरे ।

    तर, ओली बोलिरहँदा बाहिर भने भण्डारी पक्षका कार्यकर्ताहरूले महाधिवेशन प्रतिनिधिहरूलाई उनले लेखेको करिब १३०० शब्दको पत्र वितरण गरिरहेका थिए ।

    आठदेखि दस हजार प्रतिलिपि बाँड्ने तयारी गरिएको छ ।

    पत्रमा भण्डारीले केन्द्रीय कमिटीले आफ्नो नवीकृत सदस्यता रोकेर विश्वासमाथि प्रहार गरेको आरोप लगाएकी छन् ।

    उनले २०३७ सालमा प्राप्त गरेको सदस्यता, देशको राष्ट्रपति बनेर दायित्व पूरा गरेपछि पुनः पार्टीमा सक्रिय हुन चाहेको र सदस्यता रोक्नु अन्याय भएको उल्लेख गरेकी छन् ।

    उनले पत्रलाई व्यक्तिगत बचाउ नभई पार्टीको भविष्य र एकताको पक्षमा बुझ्न आग्रह गरेकी छन् ।

    साथै, मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा आफूले सदस्यता नवीकरण गरेको घोषणा गरिसकेको पनि स्मरण गराएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images