काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु भएको विधान महाधिवेशनमा विधि र विधानसँग मात्र सम्बन्धित विषय उठ्ने स्पष्ट पारेका छन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण जस्ता विषय महाधिवेशनमा नउठ्ने बताएका हुन् ।
यस्ता विषय अन्य कमिटीमार्फत छलफल हुने उनले बताए ।
उनका अनुसार महाधिवेशन विषय केन्द्रित हुनेछ ।
भण्डारीको सदस्यता नवीकरणबारे उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत राखे पनि ती छलफल अन्यत्रै हुने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























