काठमाडौं– नेपाल सरकारले बन्द गरेका सामाजिक सञ्जालमध्ये एक्स (पहिले ट्विटर) र विच्याटले नेपालमा सूचीकरण प्रक्रियामा चासो देखाएका छन् ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालका अनुसार दुवै कम्पनीले प्राथमिक चासो देखाए पनि अहिलेसम्म आधिकारिक निवेदन भने दिइएको छैन ।
गत बिहीबार मन्त्रालयले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
त्यसपछि शुक्रबार बिहानैदेखि ती प्लेटफर्ममा सेवा अवरुद्ध भएको हो ।
यसअघि हाम्रो पात्रोले औपचारिक निवेदन दिएको र सूचीकरण प्रक्रियामा अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, फेसबुकको माउ कम्पनी मेटाका प्रतिनिधिले पनि सिंगापुरमार्फत मन्त्रालयसँग सम्पर्क गरेको र आवश्यक प्रक्रिया तथा कागजातबारे विवरण इमेलमार्फत पठाइएको पौड्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्




















