images
images
  • चीन र उत्तर कोरियाबीच घनिष्ट सम्बन्ध कायम राख्ने सी र किमको बाचा

    काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दुई छिमेकी देशहरू बीचको लामो समयदेखिको मित्रतालाई थप घनिष्ठ बनाउँने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० वर्ष पुगेको अवसरमा बेइजिङमा आयोजित सैन्य परेडमा सहभागी भएपछि बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको वार्तामा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देश जस्तोसुकै अबस्थामा पनि चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा उभिने बताए ।

    किमको भनाई उद्यृत गर्दै उत्तर कोरियाली संचार संस्थान केसीएनले जनाएअनुसार बैठकमा उच्चस्तरीय आदानप्रदान र रणनीतिक सञ्चारलाई सुदृढ पार्न, पार्टी र राज्य शासनमा अनुभवको आदानप्रदानलाई गहिरो बनाउने, दुई पार्टी र दुई देशहरू बीच विभिन्न स्तरमा आदानप्रदानलाई सुदृढ पार्न र पार्टी निर्माण, आर्थिक विकास र अन्य क्षेत्रहरूमा अनुभव साझेदारी गर्ने सहमति भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images