images
images
  • पूर्वमाओवादी नेतासहित ६ जना नेता विद्याको पक्षमा

    काठमाडौं– नेकपा (एमाले) सचिवालयको बिहीबार च्यासलमा बसेको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोकिन नहुने भन्दै ६ नेता खुलेर उभिएका छन् ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पहिले नै असहमति जनाउँदै आएका थिए ।

    बिहीबारको तीन घण्टे बैठकमा उपाध्यक्ष रामबहादुर थापा (बादल), सचिव योगेश भट्टराई र गोकर्ण विष्ट पनि उनीहरूको पक्षमा जोडिए ।

    बैठकमा पोखरेलले तीन पृष्ठको लिखित असहमति प्रस्तुत गर्दै भण्डारीको सदस्यता रोक्ने निर्णय लोकतान्त्रिक मान्यता विपरीत भएको बताए ।

    पाण्डे र ज्ञवालीले पनि लिखित असहमति वाचन गरी ओली नेतृत्वको निर्णयले पार्टीमा अनावश्यक विवाद र विभाजन बढाएको आरोप लगाए ।

    रामबहादुर थापाले संविधानले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्कन रोकेको छैन भन्दै विषयलाई संवैधानिक व्याख्या आवश्यक रहेको बताए ।

    भट्टराई र विष्टले विवाद लामो नबनाई पार्टी एकतामा ध्यान दिनुपर्ने धारणा राखे ।

    तर अध्यक्ष ओलीले भने भण्डारीको सदस्यता रोकिने अडान दोहो¥याउँदै निर्णय परिवर्तन नहुने स्पष्ट पारे ।

    उपमहासचिव प्रदीप ज्ञवालीले पनि यो विषय विधान महाधिवेशनको एजेन्डा नहुने बताए ।

    एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ ।

    यसमा विधान संशोधन, नीति तथा पार्टी निर्वाचन आयोगको नयाँ नेतृत्व चयन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images