images
images
  • माधव र विप्लव नेतृत्वको पार्टीसँग माओवादीले एकता गर्ने प्रचण्डको ब्रिफिङ, नेताहरू उत्साही

    काठमाडौं– नेकपा माओवादी केन्द्रले चाँडै नै नेकपा (नेत्रविक्रम चन्द ‘विप्लव’) र नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता हुने संकेत गरेको छ ।

    पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि माओवादी नेतृत्वले दुवै दलसँग एकता प्रक्रिया अघि बढाइसकेको जनाएको हो ।

    यसअघि बसेको माओवादी स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।

    सो निर्णयबारे प्रचण्ड स्वयं विप्लवको निवासमै पुगेर जानकारी गराइसकेका छन् ।

    विप्लव नेतृत्वको नेकपाले पनि माओवादीसँगको एकता निर्णयलाई स्वागत गर्दै यसबारे अन्तिम निर्णय केन्द्रीय समिति बैठकमार्फत लिने तयारी गरेको छ ।

    यसैबीच माओवादी अध्यक्ष प्रचण्ड निरन्तर नेकपा एस अध्यक्ष माधव नेपालसँग पनि संवादमा छन् ।

    नेपाल व्यक्तिगत रूपमा एकता पक्षधर देखिए पनि वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरू भने यसबारे असन्तुष्ट छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images