काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले सरकारविरुद्ध सडक संघर्षको तयारी गर्ने निर्णय गरेको छ ।
पार्टीले वर्षायाम र चाडपर्व सकिएपछि संघर्ष सुरु गर्ने संकेत दिएको हो ।
उनका अनुसार संघर्षका क्रममा तत्कालीन कार्यनीतिक मुद्दासँगै रणनीतिक विषयहरू पनि उठाइनेछन् ।
संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्यव्यवस्था र त्यसका स्वरूपबारे जनमत सिर्जना गर्दै आन्दोलनलाई अगाडि बढाइने उनले बताए ।
बैठकले २१ भदौदेखि मध्यपहाडी लोकमार्गमा पार्टीको अभियान पुनः सुरु गर्ने निर्णय समेत गरेको छ ।
साथै, पार्टी अनुशासन र गुट–उपगुट अन्त्य गर्ने विषयमा पनि छलफल भए तापनि ठोस निष्कर्ष ननिस्किएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्























