काठमाडौं– सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हाल टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ पाँच प्लेटफर्म मात्रै सूचीकरण भइसकेका छन् र यी बन्द हुने छैनन्। टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको बैठकले फेसबुक लगायत सूचीकरण नभएका प्लेटफर्म बन्द गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको आदेशअनुसार, सूचीकरण नआएका सामाजिक सञ्जाल नेपालभर प्रयोग गर्न नपाइने व्यवस्था लागू गरिएको छ ।
२०७८ भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले एक साताभित्र सूचीकरण गर्न निर्देशन दिएको थियो, म्याद सकिएपछि मन्त्रालयले आज निर्णय गर्दै नेपालभर चल्नबाट रोक लगाएको हो ।
भविष्यमा अन्य सूचीकृत नभएका सञ्जाल फेला परेमा यही प्रक्रिया लागू हुनेछ ।
चल्ने सञ्जाल :
–टिकटक
–भाइबर
–निम्बज
–वीटक
–ओपोलाइभ
बन्द हुने सञ्जाल :
–फेसबुक
–म्यासेन्जर
–इन्स्टाग्राम
–युट्युब
–ह्वाट्सएप
–ट्वीटर
–लिंक इड
–स्न्याप चयाट
–रेडिट
–डिस्कर्ड
–पिन्ट्रेस्ट
–सिग्नल
–थ्रेड
–वी च्याट
–कोरा
–सम्ब्लर
–क्लब हाउस
–मास्टर डन
–रम्बल
–मि वी
–मि भिके
–लाइन
–इमो
–जालो
–सोल
–हाम्रो पात्रो




















