images
images
  • उपसभामुख रानालाई हटाउन शेखरले मान्दै नमानेपछि प्रधानमन्त्री ओली–देउवा फेरि पछि हच्के

    काठमाडौं– सत्तारूढ दल कांग्रेस–एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारीमा छन् ।

    दुवै दलका नेताहरूका अनुसार चाँडै नै ‘पदअनुरुप आचरण नगरेको’ भन्दै प्रस्ताव दर्ता गरिनेछ ।

    यसअघि दुईपटक प्रयास असफल भएपछि यो तेस्रो पटकको तयारी हो ।

    अघिल्लो वर्ष साउनमा र भदौ ३ गते दर्ता गर्ने योजना बने पनि कांग्रेसभित्रैको असहमतिको कारण रोकिनु परेको थियो ।

    यसपटक भने सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् ।

    उनीहरूले शेखर कोइरालालाई पनि सहमत गराउने प्रयास गरेका छन् ।

    तर, कोइराला पक्ष उपचुनावअघि उपसभामुख हटाउने विरोधमा छ ।

    उपसभामुख हटाउन दुईतिहाइ मत आवश्यक छ ।

    सरकारमै रहेका जसपा, जनमत, लोसपा लगायत दलहरूको समर्थनले दुईतिहाइ पुग्ने आँकलन कांग्रेस–एमालेको छ ।

    तर, शेखर समूह सहमत नभए फेरि जटिलता बढ्न सक्ने देखिएको छ ।

    प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि छलफल टुंगोमा पुग्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images