काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति कपनस्थित प्रगति चोकमा आक्रमण भएको छ ।
भण्डारीका अनुसार नम्बरप्लेट ढाकेका तीनजना मोटरसाइकल चालकमध्ये दुई जनाले रड प्रहार गरेका थिए ।
आक्रमणका क्रममा उनको टाउकोमा चोट लागी करिब दस टाँका लगाउनुपरेको छ ।
साथै, उनी सवार गाडीसमेत तोडफोड गरिएको छ ।
भण्डारीले हालै नारी टिभीमा दिएको एक अन्तर्वार्तापछि आफूलाई निरन्तर धम्की आइरहेको दाबी गरेका छन् ।
उनका अनुसार केही दिनअघि अज्ञात व्यक्तिहरू कार्यालयमै पुगेर उनको बारेमा सोधपुछ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्























