images
images
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन् एजेन्डा

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिहीबार (आज) बस्दै छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा स्थायी कमिटी बैठकमा भएका छलफलको विषयमा निर्णय हुने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    उनका अनुसार एकतामा आएका दलका नेता कार्यकर्ताको कार्यविभाजनबारेमा पनि आजको बैठकले निर्णय गर्नेछ ।

    माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समूहबीच गत जेठमा पार्टी एकता भएको थियो ।

    बैठकमा पार्टीभित्र देखिएको अन्तरविरोध र समाधानका विषयमा पनि छलफल हुने बताइएको छ ।

    यसअघि, माओवादीको स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images