काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले केन्द्रीय भेला आह्वान गरेका छन् ।
उनका अनुसार अभियानको स्थापना कालदेखि अहिलेसम्म विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय योगदान पु¥याएका सदस्यहरूलाई समेटेर भदौ २० र २१ गते भक्तपुरमा भेला आयोजना गर्न लागिएको हो ।
बुधबार जारी विज्ञप्तिमा प्रसाईंले संस्थापक सदस्य, वडा तथा पालिका अध्यक्ष, जिल्ला अध्यक्ष–सचिव, अञ्चल अध्यक्ष–सचिव, विभागीय समिति प्रमुख, केन्द्रीय सदस्य, सचिवालय सदस्य तथा सल्लाहकार समितिका सदस्यलाई अनिवार्य उपस्थित हुन आग्रह गरेका छन् ।
भेला बिहान १०ः३० बजे सुरु हुनेछ ।
चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईं केही दिनअघि मात्र रिहा भएका थिए ।
रिहापछि उनले आफ्नै नेतृत्वमा नयाँ दल खोल्ने घोषणा गरेका छन् ।























