काठमाडौं– रूपन्देही–३ मा कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको तयारीमा राजनीतिक दलहरू व्यस्त छन् ।
२०७९ मा राप्रपाका दीपक बोहरा निर्वाचित भए पनि उनको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।
साना दलहरू भने उम्मेदवार घोषणा गरिसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।
राप्रपा नेपालले अर्जुन थापालाई, सीके राउत नेतृत्वको जनमतले धनीराम चौधरीलाई उम्मेदवार टुंग्याएको छ ।
ठूला दल भने अझै मौन छन् ।
नेपाली कांग्रेसले उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छैन ।
एमालेले चार जनाको नाम सिफारिस गरे पनि सार्वजनिक गरेको छैन ।
माओवादी केन्द्र पनि अध्ययनमै रहेको जनाएको छ ।
राप्रपा भने उपनिर्वाचनमा आन्तरिक निर्वाचन प्रणालीमार्फत उम्मेदवार छान्ने तयारीमा छ ।
जसमा क्षेत्रीय र स्थानीय पदाधिकारी तथा सक्रिय सदस्यहरूले मतदान गर्नेछन् ।
साना दलले उम्मेदवार तय गरिसकेका छन् भने ठूला दल आन्तरिक तयारीमा केन्द्रित छन् ।























