काठमाडौं– चीनको राजधानी बेइजिङमा भव्य सैन्य परेड सुरु हुनुभन्दा अघि राष्ट्रपति सी जिन्पिङले चीन अरोधनीय भएको र धाकधम्की दिनेहरूसँग कहिल्यै नडराउने र सधैँ अगाडि बढ्ने उद्घोष गरेका छन् ।

उक्त समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ–अनसहित २६ देशका नेताहरू सहभागी भए ।
सी, पुटिन र किम सँगसँगै एउटै कार्यक्रममा उपस्थित भएको यो पहिलो अवसर हो ।

चीनले विशाल सैन्य परेडमा पहिलो पटक सार्वजनिक गरेका नयाँ अस्त्रहरूमा लेजर हतियार, परमाणुअस्त्र बोक्न सक्ने बलिस्टिक क्षेप्यास्त्र र पानीमुनि प्रयोग गरिने विशाल ड्रोनहरू पनि छन् ।

त्यहाँ चीनले आफूले बनाएको अन्तरमहादेशीय परमाणु बलिस्टिक क्षेप्यास्त्रको नयाँ संस्करण प्रदर्शन ग¥यो ।
उक्त क्षेप्यास्त्रे १२ वटासम्म युद्धशीर्ष बोक्न सक्छ । –बीबीसी

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















