images
images
  • नेकपा मोडलमै पार्टी एकता गर्दै प्रचण्ड–माधव

    काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाहेकका कम्युनिस्ट दलहरू एकीकृत पार्टीको नेतृत्व, संगठन संरचना र सैद्धान्तिक कार्यदिशा निर्माणको अन्तिम गृहकार्यमा जुटेका छन् ।समाजवादी मोर्चाका नाममा सहकार्य गरिरहेका वाम दलहरूबीच संधिवान दिवसको दिन (३ असोज ) मा पार्टी एकता गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका बीचमा पार्टी एकताका लागि छलफल भइरहेको छ । यी दलबीच मोहनविक्रम सिंह, मोहन वैद्य, धर्मेन्द्र बास्तोला नेतृत्वका वाम दलहरूलाई समेत सहभागी गराउने गृहकार्य पनि जारी छ ।

    एमाले र माओवादी केन्द्रका बीचमा यसअघि पार्टी एकता भई गठन भएको तत्कालीन नेकपा मोडेलमा पार्टी एकता गर्ने सहमति भइसकेको छ । दलहरूका बीचमा पार्टी एकतापछि दुई अध्यक्ष, सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी तत्कालीन नेकपा मोडेलमा हुनेछ । कमिटीमा हुने सदस्यहरूको संख्या भने पहिलाभन्दा बढ्नेछ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नै एकीकृत पार्टीको अध्यक्ष रहनेमा नेताहरू सहमत छन् । एकीकृत पार्टी बैठकको अध्यक्षता आलोपालो दुवै अध्यक्षले गर्नेछन् । सचिवालय ९ वा ११ सदस्यीय बनाइनेछ । स्थायी कमिटी र केन्द्रीय कमिटीको संख्या बढ्नेछ । विभिन्न पार्टीका बीचमा एकता हुन लागेकाले सो कमिटीमा रहने सदस्यको संख्या बढ्नसक्ने नेताहरूले बताएका छन् ।

    शीर्ष नेताहरूका बीचमा भएको सहमतिअनुसार विभिन्न प्रदेशको नेतृत्वका गतमा समेत प्रारम्भिक भागबन्डा भइसकेको छ । सुदूरपश्चिम, बागमती र कोशी प्रदेशमा माओवादी केन्द्र, मधेश र गण्डकी प्रदेशमा एकीकृत समाजवादी र कर्णाली तथा लुम्बिनी प्रदेशमा नेकपा (विप्लव) नेतृत्वको दलले नेतृत्व पाउने विषयमा लगभग सहमति जुटिसकेको नेताहरूको दाबी छ ।

    संविधान दिवस (३ असोज)मा पार्टी एकताको घोषणा गर्ने तयारीमा नेताहरू छन् । त्यसका लागि राष्ट्रिय सभा वा नेपाल प्रज्ञा प्रतिष्ठानको हल बुक गर्नका लागि एकीकृत समाजवादीका नेतालाई जिम्मेवारी दिइएको छ ।

    एकीकृत पार्टीको एकता महाधिवेशन नभएसम्म जनताको बहुदलीय जनवाद (जबज) र माओवादलाई पार्टीको वैचारिक कार्यदिशा मानेर जाने सहमति जुटेको छ । यसअघि नेकपामा पनि यस्तै सहमति भएको थियो । यस्तै, एकीकृत पार्टीको नाम पनि नेकपा नै राख्नेमा नेताहरू सहमत छन् ।

    पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद र एकीकृत समाजवादीले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अवलम्बन गरिआएको ‘माओवाद र २१औं शताब्दीमा जनवाद’सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गर्दै आवश्यक परिमार्जन र विकास गर्ने भन्नेमा नेताहरू सहमत छन् । यसलाई एकीकरणपछिको महाधिवेशनबाट टुंगो लगाइने नेताहरूको भनाइ छ ।

    प्रचण्ड र गुरुङ पुगे समाजवादी मुख्यालय

    यसैबीच, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङ एकीकृत समाजवादीको केन्द्रीय कार्यालय (मुख्यालय) आलोकनगरमा पुगेका छन् । मंगलबार एकीकृत समाजवादीको कार्यालयमा पुगेर अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले पार्टी एकताका विविध पक्षका ’दयगतमा छलफल गरेका छन् ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता वामदेव गौतम, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव रामकुमार भट्टराईसहितका नेताहरू छलफलमा सहभागी थिए । छलफलमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरूका साथै मोर्चामा नरहेका वामपन्थी दलहरूका बीचमा बृहत् बाम एकताको पक्षमा आफूहरू रहेको बताए ।

    समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने ’दयगतमा पनि छलफल भएको छ । विगतमा सहकार्य एवं मोर्चाबन्दी गर्दा देखिएका समस्यालाई समाधान गर्दै कसरी एकजुट भएर अघि बढ्न सकिन्छ भन्ने ’दयगतमा छलफल केन्द्रित रहेको भट्टराईले बताए ।

    एकीकृत समाजवादीका नेता ताज मोहम्मद मियाँले समाजवादी मोर्चाबाहेक मोर्चाबाहिर रहेका अन्य साना वामपन्थी दलका बीचमा एकताको विकल्प नभएको बताए । पार्टी एकताका शीर्ष नेताहरूका बीचमा छलफल भइरहेको पुष्टि गर्दै उनले पार्टी एकतालाई छिट्टै टुंगो लगाउनेगरी गृहकार्य भइरहेको बताए ।

    सोही सिलसिलामा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताहरूका बीचमा विगतमा सहकार्य गर्दै निर्वाचनमा होमिँदा देखिएका समस्या र अगामी दिनमा सम्बन्ध थप बलियो बनाउनेगरी पार्टी एकता गर्ने ’दयगतमा छलफल केन्द्रित भएको बताए ।

    माओवादी केन्द्रका महासचिव गुरुङले पार्टीहरूका बीचमा पार्टीका गतिविधिका ’दयगतमा विविध पक्षमा केन्द्रित भई छलफल हुँदैआएको बताए । विगतमा पनि आफूहरू छलफल गर्दै आएको र आउने दिनमा पनि छलफल जारी नै रहने बताउँदै उनले समाजवादी मोर्चालाई अझै बलियो र प्रभावकारी बनाउँदै एकीकृत हुँदै अगाडि बढ्ने ’दयगतमा छलफल चलिरहेको बताए ।

    झलनाथ र घनश्याम अनुपस्थित

    पार्टी एकताजस्तो महत्वपूर्ण विषयमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा छलफल हुँदैगर्दा सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषालसहितका नेताहरू भने अनुपस्थित छन् । खनाल र भुषालनिकटका नेताहरू पार्टी एकताको विपक्षमा उभिँदै आएको चर्चा भइरहेको छ । तर नेपाल, प्रचण्डसहितका नेताले पार्टी एकतालाई टुंगोमा पु¥याउनेगरी अघि बढेका छन् ।

    • दुई अध्यक्ष रहने, आलोपालो नेतृत्व

    • ९ देखि ११ सदस्यीय सचिवालय

    • केन्द्रीय कमिटीको आकार बढ्ने

    • सुदूरपश्चिम, बागमती र कोशीमा माओवादी नेतृत्व

    • मधेश र गण्डकीमा एकीकृत समाजवादीको नेतृत्व

    • कर्णाली र लुम्बिनीमा विप्लवको नेतृत्व

    • जबज कि जनवादको टुंगो महाधिवेशनबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images