images
images
  • राप्रपा रूपन्देही–३ को उम्मेदवार अर्जुन थापा

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले रूपन्देही–३ को उपनिर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

    कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले सो क्षेत्रबाट अर्जुन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

    राप्रपा सांसद दीपक बोहोराको निधनपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

    उपनिर्वाचनका लागि केही दलहरूले उम्मेदवार टुंग्याइसकेका छन् भने अरू दलहरू अझै छनोट प्रक्रियामा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images