images
images
  • रास्वपालाई रेस्क्यू गर्ने वहानामा नयाँ दलहरूलाई रक्षाकवच बनाउँदै माओवादी अध्यक्ष प्रचण्ड

    काठमाडौं– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दलहरूलाई प्रयोग गर्ने रणनीतिमा रहेको टिप्पणी गरेका छन् ।

    pradeep

    उनले एक सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा ‘रास्वपालाई रेस्क्यू गर्ने’ भनाइ एमालेविरुद्ध प्रयोगको संकेत भएको बताए ।

    उनले भने, ‘एउटाको विरुद्ध अर्को दललाई प्रयोग गर्ने प्रवृत्तिले राजनीति कहाँ पुर्‍याउँछ भन्ने रास्वपाले सोच्नुपर्छ ।’

    ज्ञवालीले प्रचण्डमा गम्भीर वैचारिक विचलन र मनोवैज्ञानिक तनाव देखिएको उल्लेख गर्दै माओवादीसँग भविष्यमा सहकार्य नहुने स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images