images
images
  • रूपन्देही–३ को उपनिर्वाचनमा पुनः बाजी मार्ने होडमा राप्रपा, बदला लिने दाउमा कांग्रेस

    काठमाडौं– रूपन्देही–३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनलाई केन्द्र बनाएर प्रमुख दलहरूले आन्तरिक तयारी तीव्र पारेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार घोषणा गरेलगत्तै विवाद चुलिएको छ ।

    पार्टीले उम्मेदवार बनाएको डा. लेखजंग थापामाथि ‘बहुविवाह’को आरोप सार्वजनिक भएपछि सोमबार तय भएको पत्रकार सम्मेलन स्थगित गरिएको हो ।

    थापा अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक उम्मेदवार बनेका थिए ।

    नेकपा (एकीकृत समाजवादी)ले सात जना आकांक्षीको नाम सिफारिस गर्दै अन्तिम छनोटको प्रक्रिया अघि बढाएको छ ।

    राप्रपाले पनि उम्मेदवार टुंग्याउने तयारी गरेको छ ।

    गत चुनावमा कांग्रेसलाई हराउँदै राप्रपाका दीपक बोहरा विजयी भएका थिए ।

    बोहराको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।

    यसपटक कांग्रेस बदला लिने मूडमा देखिएको छ भने एमाले आन्तरिक छलफलमा व्यस्त छ ।

    उम्मेदवार चयनमा एमालेभित्र खिमलाल भट्टराई, शशी पौडेलसहितका नाम चर्चामा छन् ।

    नाउपा भने आन्तरिक विवादका कारण निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन ।

    रूपन्देही–३ मा विगतको चुनाव परिणामले कांग्रेस, एमाले, राप्रपा, रास्वपा, नाउपा र जनमत सबैलाई महत्वका साथ प्रतिस्पर्धामा उभ्याएको छ ।

    यही समीकरणबीच आगामी कात्तिक १७ गते हुने उपनिर्वाचन रोचक हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images