images
images
  • खेताला शिक्षकको भरमा विद्यालय, पार्टी कार्यालयको ढोका–ढोकामा नामुद कहलिएका मास्टर

    काठमाडौं– विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय संचालक र शिक्षक महासंघ अलग–अलग आन्दोलनमा छन् ।

    सोमबार प्याब्सन, नेसनल प्याब्सन, हिसान, ओपन र एनएमएले संयुक्तरूपमा काठमाडौंको चक्रपथमा स्कुल बससहित ¥याली निकाले ।

    उनीहरू प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयक, २०८० मा संशोधन गर्न माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

    निजी विद्यालयहरूले पाँचबुँदे माग राखेका छन् ।

    विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउन, विद्यालयले उत्पादन नगर्ने सामग्री जस्तै पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा उपलब्ध गराउने प्रावधान हटाउन, कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउनुपर्ने प्रावधान खारेज गर्न उनीहरूको माग छ ।

    नेसनल प्याब्सन अध्यक्ष सुवास न्यौपानेका अनुसार विद्यार्थीहरूको पढाइमा बाधा नपुग्ने गरी भदौ २४–२५ गते विद्यालय बन्द हुनसक्छ, तर भोलि विद्यालय बन्द हुने छैन ।

    नेपाल शिक्षक महासंघले पनि पाँचवटा पार्टी कार्यालयमा धर्ना दिँदै चरणबद्ध आन्दोलन चलाइरहेको छ ।

    उनीहरूले सट्टा (खेताला) शिक्षकलाई विद्यालय र विद्यार्थी जिम्मा लगाएर पार्टी कार्यालयका ढोका–ढोकामा चहारिरहेका छन् ।

    महासंघले शिक्षक दरबन्दी, पदपूर्ति, वृत्तिविकास, पूर्वप्राथमिक शिक्षा सहयोगीलाई शिक्षक मान्नुपर्ने लगायतका माग राखेको छ ।

    महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले निजी विद्यालय र महासंघका माग फरक रहेको बताइन् ।

    सरकारका अनुसार निजी विद्यालयले विरोध गरिरहनुपर्ने खास कारण नभएको र संसद्ले गर्ने निर्णय मन्त्रालयको धारणा हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images