images
images
  • रास्वपा रूपन्देही–३ को उम्मेदवार डा.लेखजंग थापाको उम्मेदवार रद्द हुँदैन : महामन्त्री बुर्लाकोटी

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रूपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. लेखजंग थापा नै उम्मेदवार रहने स्पष्ट पारेका छन् ।

    थापामाथि बहुविवाह विवाद सार्वजनिक भएपछि पार्टीले अनुसन्धान गरे पनि उनी एक श्रीमतीसँग सम्बन्ध विच्छेद गरिसकेको प्रमाण प्रस्तुत गरेपछि उम्मेदवारी कायम भएको हो ।

    थापाले मंगलबार सामाजिक सञ्जालमार्फत सम्बन्ध विच्छेदको कागज सार्वजनिक गरेका थिए ।

    बुर्लाकोटीले भने, ‘हामीले अनुसन्धान गरेरै उहाँलाई उम्मेदवार बनाएका हौं । उहाँ सबै हिसाबले क्लियर हुनुहुन्छ । अब कुनै विकल्प खोजिँदैन ।’

    उनका अनुसार थापाले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी सार्वजनिक गर्ने तयारी गरेका छन् ।

    थापाको पहिलो श्रीमती सुलोचना घिमिरेसँग सम्बन्ध विच्छेद भएको हो ।

    उनी बीएससी नर्सिङ पास गरी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा कार्यरत छिन् ।

    पहिलो पत्नीबाट जन्मिएको बच्चा भने थापासँगै रहेको रास्वपा नेताहरू बताउँछन् ।

    हाल थापाको दोस्रो पत्नी नुमा शर्मासँग काठमाडौंमा सम्बन्ध राम्रो रहेको उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images