images
images
  • बहुविवाह प्रकरण : रास्वपाले भने उम्मेदवारी छाड्न तयार छु– रास्वपा उम्मेदवार थापा

    काठमाडौं– रूपन्देही–३ उपनिर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार बनेका डा. लेखजंग थापा बहुविवाह विवादमा परेपछि पार्टीले चाहे उम्मेदवारी छाड्न तयार रहेको बताएका छन् ।

    मंगलबार बिहान पहिलो पत्नीसँग सम्बन्धविच्छेद भइसकेको अदालतको प्रमाण सार्वजनिक गर्दै उनले आफ्नो वैवाहिक स्थिति कानुनी रूपमा स्पष्ट भएको दाबी गरे ।

    थापाका अनुसार रूपन्देही जिल्ला अदालतले २०७९ माघ १५ गते उनी र जेठी पत्नीबीच सम्बन्धविच्छेद गराएको हो ।

    निवेदन १३ गते दर्ता भएको र दुई दिनमै मिलापत्र भएको अदालतको अभिलेखमा देखिन्छ ।

    ‘परिस्थितिका कारण दुईपटक विवाह भएको सत्य हो, तर एकपत्नी सम्बन्ध कानुनी रूपमा अन्त्य भइसकेको छ,’ उनले लेखेका छन्, ‘पार्टीले गर्ने निर्णयलाई म सहर्ष स्वीकार्छु ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images