images
images
  • उत्तर कोरियाली नेता किम ‘बुलेटप्रुफ’ रेलमार्फत पुगे चीन

    काठमाडौं– उत्तर कोरियाका नेता किम जोङ उन सोमबार प्योङयाङबाट आफ्नो विशेष ‘बुलेटप्रुफ’ रेलमार्फत चीन प्रस्थान गरी मंगलबार बिहान त्यहाँ पुगेका छन् ।

    उनी चीनले आयोजना गर्न लागेको फासीवादविरुद्धको विश्व युद्ध र जापानी आक्रमणविरुद्धको प्रतिरोधी युद्ध विजयको वार्षिकोत्सवको अवसरमा हुने सैन्य परेड तथा अन्य कार्यक्रममा सहभागी हुनेछन् ।

    किमसँगै परराष्ट्र मन्त्री चो सोन हुईसहितका सहयोगी पनि छन् ।

    उनीहरूको रेलभित्र खिचिएको मुस्कुराइरहेका तस्बिरहरू उत्तर कोरियाली पत्रिका रोदोङ सिन्मुनले प्रकाशित गरेको छ ।

    किमले चीन यात्रा अघि सोमबार एक मिसाइल प्रयोगशाला अवलोकन गरेका थिए, जहाँ अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलका इन्जिनमा प्रयोग हुने कार्बन फाइबर कम्पोजिट सामग्रीमाथि अनुसन्धान भइरहेको छ ।

    बुधबार बेजिङमा हुने परेडमा किमसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायतका नेताहरू सहभागी हुनेछन् ।

    सो अवसरमा हाल चीनमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images