images
images
  • रास्वपा उम्मेदवार डा.थापाको डिभोर्स पत्र– छोराछोरीसँग सम्बन्ध यथावत्, बहुविवाह अन्त्य

    बुटवल– रूपन्देही–३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.लेखजंग थापाले पहिलो पत्नी सुलोचना घिमिरेसँग सम्बन्धविच्छेद भइसकेको कागजात सार्वजनिक गरेका छन् ।

    उनले २०७९ माघ १५ गते जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा डिभोर्स मिलापत्र गरेको प्रमाण फेसबुकमार्फत सार्वजनिक गर्दै दोस्रो विवाह विवादमा आएको समाचार असत्य भएको दाबी गरेका छन् ।

    ‘दुई पटक बिहे गरेको कुरा सत्य भएजस्तै डिभोर्स भएको कुरा पनि सत्य हो,’ थापाले लेखेका छन्, ‘त्यसपछि पनि मेरो पहिलो पत्नी र छोराछोरीसँगको सम्बन्ध सधैं रहन्छ ।’

    पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार थापाको उम्मेदवार छनोट प्रक्रियामै बहुविवाहबारे सूचना आए पनि छानबिन गर्दा उनी पहिले नै डिभोर्स गरिसकेको पुष्टि भएको हो ।

    ‘यो विषयलाई अनावश्यक उछालिएको छ, वास्तविकता भनेको डिभोर्स भएर बहुविवाह अन्त्य भइसकेको हो,’ उनले स्पष्ट पारे ।

    थापाकी पहिलो पत्नी घिमिरे भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा नर्सका रूपमा कार्यरत छिन् भने कान्छी पत्नी नुमा शर्मा काठमाडौं बस्छिन् ।

    सिद्धार्थनगर–९ अञ्चलपुरका थापा गत साता भएको प्राइमरी इलेक्सनमार्फत उम्मेदवार बनेका हुन् ।

    उनले २०८० असारमा पार्टी सदस्यता आवेदन दिएका थिए भने प्राविधिक कारण २०८२ मा मात्र प्रमाणित भएको रास्वपाले जनाएको छ ।

    यसअघि उनी २०७९ मा नागरिक उन्मुक्ति पार्टीबाट लुम्बिनी प्रदेश समानुपातिक सांसदको सूचीमा परेका थिए ।

    Lekhjung Thapa Divorce Document

    Lekhjung Thapa Divorce Document 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images