images
images
  • एमाले विधान महाधिवेशनको मुखैमा विद्या पक्षधर आक्रामक, फरकमत दर्जको तयारी शीर्ष नेताहरू

    काठमाडौं– ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २०–२२ हुने एमाले विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय मुख्य विवादका रूपमा प्रवेश गर्ने भएको छ ।

    निर्णयप्रति असन्तुष्टि जनाएका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी समिति सदस्य कर्ण थापाले महाधिवेशनमा फरक मत राख्ने तयारी गरेका छन् ।

    उनीहरूले सदस्यताबाट कसैलाई वञ्चित गर्न नपाइने भन्दै लिखित दस्तावेजसमेत मस्यौदा गरेका छन् ।

    पाण्डेका अनुसार संविधानले पार्टी सदस्यता रोक्ने व्यवस्था नगरेकाले एमालेको निर्णय संशोधन गर्नुपर्ने हुन्छ ।

    ‘व्यक्तिको लोकतान्त्रिक अधिकार खोस्ने काम कुनै पार्टीले गर्न मिल्दैन,’ उनले चेतावनी दिए ।

    विद्या पक्षधर नेताहरूले आन्तरिक लोकतन्त्रको बहसलाई सार्थक बनाउनुपर्ने बताउँदै स्थापित परम्परा र विधिअनुसार निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    महाधिवेशनमा करिब २,३५० जना सहभागी हुनेछन् ।

    प्रवेशका लागि ‘क्युआर कोड स्क्यान’ अनिवार्य गरिएको छ भने प्रतिनिधिहरूलाई एसएमएसमार्फत निमन्त्रणा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images