images
images
  • माओवादी जनार्दनविरुद्ध एमाले पाण्डेको प्रतिवाद, भने– ‘नेकपा विभाजन हुनुमा मुख्य दोषी ओली’

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले तत्कालीन नेकपा विभाजन प्रचण्डको कार्यशैलीकै कारण भएको आरोप लगाएका छन् ।

    बुटवलमा आयोजित एक कार्यक्रममा उनले माओवादी पुनर्संरचना नभए गम्भीर संकट आउन सक्ने चेतावनीसमेत दिए ।

    यसअघि विराटनगरमा अध्यक्ष प्रचण्डले शर्मामाथि आरोप लगाउँदै पार्टीभित्र स्वार्थ समूह सक्रिय भए पनि माओवादी आन्दोलन नरोकिने दाबी गरेका थिए ।

    त्यसको प्रतिउत्तरमा शर्माले बुटवलमै आक्रोश पोखेका हुन् ।

    यद्यपि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने नेकपा विभाजन नेताहरूबीचको अनौपचारिक लेनदेन मिल्न नसकेर भएको बताएका छन् ।

    उनका अनुसार एमाले–माओवादी एकता पावर सेयरिङकै आधारमा भएको थियो ।

    तर, त्यसमा सहमति कायम नहुँदा पार्टी फुटेको उनले स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images