काठमाडौं– रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी)ले सात जनाको नाम सिफारिस गरेको छ ।
पार्टीको जिल्ला कमिटी भैरहवामा बसेको बैठकले महासचिव घनश्याम भुसालसहित लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रूपन्देही–१ सह–इञ्चार्ज विजयलक्ष्मी रायको नाम पठाएको छ ।
अब उम्मेदवार छनोटका लागि बनेको कार्यदलले छलफलपछि तीन जनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्नेछ ।
उपनिर्वाचन कात्तिक १७ गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्























