images
images
  • अफगानिस्तान भूकम्प : ६२२ को मृत्यु, १५०० भन्दा बढी घाइते

    काठमाडौं– अफगानिस्तानमा आइतबार राति गएको ६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६२२ पुगेको छ ।

    नङ्गरहार प्रान्तको जलालावाद नजिक केन्द्रविन्दु बनेको भूकम्पको धक्का काबुल र पाकिस्तानको इस्लामावादसम्म महसुस गरिएको थियो ।

    तालिबान सरकारका अनुसार १५ सयभन्दा बढी घाइते भएका छन् ।

    केवल कुनार प्रान्तमै ६१० जनाको ज्यान गएको र १२ जना नङ्गरहारका रहेको रोयटर्सले जनाएको छ ।

    ग्रामीण बस्तीहरू तहसनहस हुँदा उद्धार कठिन भएको छ ।

    रक्षा मन्त्रालयले ४० हेलिकप्टर परिचालन गरी ४२० जनाको उद्धार गरेको जनाएको छ ।

    तर सडक अवरुद्ध भएकाले तालिबानले अन्तर्राष्ट्रिय सहयोग माग गरेको छ ।

    लगातारका परकम्पले थप क्षति पुर्‍याएको बताइएको छ ।

    २०२२ मा पनि पूर्वी अफगानिस्तानमा गएको ५.९ म्याग्निच्युडको भूकम्पमा एक हजार जनाको ज्यान गएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images