images
images
  • भण्डारी छिर्ने भयले एमाले विधान अधिवेशनमा स्थलमा ४ ढोका, प्रवेशका लागि अनिवार्य क्यूआर स्क्यान

    काठमाडौं– नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन चार दिनपछि सुरु हुँदैछ ।

    ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन भदौ २०–२२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ ।

    केन्द्रीय कार्यालयका अनुसार तयारी लगभग पूरा भइसकेको छ ।

    २ हजार ३४ जना प्रतिनिधिसहित करिब २३ सय ४९ जना सहभागी हुनेछन् ।

    दशौं महाधिवेशनका प्रतिनिधिहरु नै यसपटक पनि रहनेछन् भने मृत्यु, कारबाही वा पार्टी छाडेकाहरु मात्र हटाइने छन् ।

    महाधिवेशनमा राजनीतिक, संगठनात्मक, विधानलगायत प्रतिवेदन प्रस्तुत हुनेछन् ।

    निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषदका प्रतिवेदन पनि तयार पारिएको छ ।

    प्रतिनिधिलाई एसएमएस र जिल्ला कमिटीमार्फत निम्तो पठाइएको छ ।

    प्रवेशका लागि क्यूआर कोड प्रणाली प्रयोग हुनेछ ।

    राजनीतिक विश्लेषकहरूको भनाइ अनुसार विद्याभण्डारी पक्षका केही नेताहरू अधिवेशनमा छिर्ने भयले ओलीले बलियो प्रवेश राखेको हुन सक्छन् ।

    हल सजावट, मञ्च व्यवस्थापन, खाना तथा खाजाको व्यवस्था पूरा हुँदैछ ।

    सातदोबाटोदेखि गोदावरीसम्म स्वागत द्वार र झण्डा राख्ने तयारी भइरहेको छ ।

    महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् भने कार्यसूची महासचिव शंकर पोखरेलको उपस्थितिमा तय हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images