images
images
  • मन्त्रीलाई फोन गरेकै भरमा युवती पक्राउ : अपराध, धम्की र अफवाह फैलाएको आरोप

    काठमाडौं– वीरगन्जमा एक सातादेखि हैजा फैलिएको छ ।

    यहीँ समयमा आफ्ना बाआमा र परिवारका सदस्यको उपचार भइरहेको भन्दै खानेपानीमन्त्री प्रदीप यादवसँग जवाफदेहिता माग्ने कलैया–२६ सिस्वा महेशपुरकी किरण साहलाई प्रहरीले पक्राउ गरेको छ ।

    शनिबार राति अस्पतालमै कुरुवा बसिरहेकी किरणविरुद्ध मन्त्री यादवको सचिवालयबाट उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उनलाई विद्युतीय अपराध, सांसदलाई धम्की र अफवाह फैलाएको अभियोगमा म्याद थप गरी अनुसन्धान भइरहेको पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए ।

    किरणले फोनमार्फत मन्त्रीलाई हैजाको रोकथाम, पिउने पानीको गुणस्तर र मृत्युसम्बन्धी प्रश्न गर्दै आक्रोश पोखेका थिइन् ।

    अडियोमा उनले ‘म मन्त्रीसँग डराउँदिन, मारी दिन्छु’ भनेको सुन्निएको छ, जसलाई आधार मानेर उजुरी दर्ता गरिएको हो ।

    मानव अधिकारकर्मी कृष्णकुमार खनालले घटनालाई संवादबाट टुंग्याउन सकिनेमा राजनीतिक रंग दिइएको टिप्पणी गरेका छन् ।

    किरणका दाजु प्रमोद साहले पनि समस्या राख्दा मन्त्रीले ‘राजा’ झैँ व्यवहार गरेको भन्दै बहिनीलाई तत्काल छोड्न माग गरेका छन् ।

    यसैबीच वीरगन्जका अस्पतालहरूमा भर्ना भएका ८३२ मध्ये ७४६ जना झाडापखाला र हैजा संक्रमित डिस्चार्ज भइसकेका छन् भने हाल पनि ८६ जना उपचाररत छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images