images
images
  • रूपन्देही–३ का रास्वपा उम्मेदवार डा.थापाविरुद्ध बहुविवाहको आरोप, पत्नी नाउपाबाट जागिरे

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ को उपनिर्वाचनका लागि लेखजंग थापालाई उम्मेदवार चयन गरेको छ ।

    तर, उनीविरुद्ध दर्ता भएको गम्भीर उजुरीबारे भने कुनै छानबिन गरेको छैन ।

    ३ भदौमा नौ जनामध्ये थापासहितका प्रतिस्पर्धीहरू गोप्य बैठकमा बसेका थिए ।

    सो बैठकमा थापाले चस्मामा जडान गरिएको क्यामेराबाट अडियो–भिडियो रेकर्ड गरी गोपनीयता भंग गरेको आरोप लाग्यो ।

    अन्य सहभागीहरूले तत्काल आपत्ति जनाउँदै लिखित उजुरी पनि दिएका थिए ।

    उजुरीमा थापाले अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाहीको माग गरिएको थियो ।

    तर, आइतबार बसेको बैठकले छानबिनको प्रक्रिया अघि नबढाई थापालाई नै उम्मेदवार बनाउने निर्णय ग¥यो ।

    यस निर्णयपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

    थापा यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग आबद्ध थिए ।

    WhatsApp Image 2025 09 01 at 12.02.34 PM

    उनी नाउपाको समानुपातिक उम्मेदवारको सूचीमा नामसमेत रहेका थिए ।

    श्रीमती नुमा शर्मा नाउपाबाट लुम्बिनी प्रदेश योजना आयोगकी सदस्य नियुक्त भएकी छन् ।

    नाउपाबाट औपचारिक राजीनामा नदिइकन रास्वपाको प्रतिस्पर्धामा सहभागी भएको आरोप छ ।

    Capture 1756672003

    यसबाहेक थापामाथि बहुविवाहको आरोप पनि लागेको छ ।

    विवादित पृष्ठभूमि हुँदाहुँदै उनलाई उम्मेदवार बनाउने निर्णयले रास्वपाभित्र नेतृत्वप्रतिको विश्वासमा प्रश्न उठेको देखिन्छ ।

    numa 1756661225

    प्रतिक्रिया दिनुहोस्
    images
    images