काठमाडौं– नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक कपिलवस्तुस्थित केन्द्रीय कार्यालयमा जारी छ ।
विप्लव सचिवालयका सदस्य तथा केन्द्रीय समिति सदस्य नारायण सीका अनुसार बैठक आगामी पोलिटब्युरो बैठक र नवौँ केन्द्रीय कमिटीको पाँचौँ आवधिक योजनासम्बन्धी बैठकका एजेन्डा तय गर्न केन्द्रित छ ।
उनका अनुसार बैठक तीन दिनसम्म चल्नेछ ।
यस अवधिमा पछिल्लो राजनीतिक परिस्थिति, वाम ध्रुवीकरण, कम्युनिस्ट एकता, २०८४ को निर्वाचनको रणनीति, समाजवादी मोर्चाको भूमिका तथा माओवादीसँग सम्भावित एकताको विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्























