images
images
  • नेकपा (एस)का अध्यक्ष नेपालविरुद्ध खनाल–भुसालको छुट्टै भेलामा असिनपसिन हुँदै पुगिन् नेत्री झाँक्री

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षले छुट्टै भेला गरेका छन् ।

    आइतबार बानेश्वर क्याम्पसमा खनाल र भुसाल पक्षका नेताहरूले छुट्टै भेलाको आयोजना गरेका हुन् ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खनाल र भुसाल पक्षधर नेताहरूले छुट्टै भेला गरेको बताइएको छ ।

    अध्यक्षले खनाल र भुसाल पक्षका नेताहरूलाई जिम्मेवारी नदिएको, वैचारिक एवं कार्यगत बहस गर्न नमानेको भन्दै उनीहरूले छुट्टै भेला गरेका हुन् ।

    भेलामा भर्खरै नेत्री रामकुमारी झाँक्री असिनपसिन हुँदै भर्खरै पुगेकी छन् ।

    पूर्वमन्त्री तथा पार्टीका पूर्वसचिव जीवनराम श्रेष्ठ उपाध्यक्ष जयन्ती राई, उपमहासचिव गरिमा शाह, पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री लक्ष्मण लम्साल, युवा संघका पूर्वअध्यक्ष तथा पोलिट्व्युरो सदस्य नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, केन्द्रीय सदस्य मनाकुमारी साउँद लगायत भेलामा उपस्थिति छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images