images
images
  • डीआईजीको दौड सुरू, को–को छन् लाइनमा ? (नामावलीसहित)

    काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कृष्णहरि शर्मा ५६ वर्षे उमेरहदका कारण आइतबारदेखि अवकाशमा गएका छन् ।

    औपचारिकरूपमा आज रातिबाट अवकाश भए पनि प्रहरी प्रधान कार्यालयले उनलाई शुक्रबार नै बिदाइ गरेको थियो ।

    उनको अवकाशको चार दिनपछि भदौ १९ मा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा तथा एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि ३० वर्षे सेवा हदका कारण अवकाशमा जानेछन् ।

    यसअघि सरकारकै निर्णयअनुसार सीआईबी प्रमुख एआईजी चन्द्रकुबेर खापुङलाई नयाँ आईजीपीमा नियुक्त गरिएको छ ।

    शर्मा, गिरी र तामाङ अवकाशपछि चार एआईजी पद रिक्त हुनेछन् ।

    जसका लागि डीआईजीहरूको बढुवा दौड सुरु भएको छ ।

    प्रतिस्पर्धामा प्रदेश प्रहरी प्रमुखहरूमध्ये डीआईजी डम्बरबहादुर बिक (सुदूरपश्चिम), राजेन्द्र भट्ट (लुम्बिनी), उमाप्रसाद चतुर्वेदी (मधेस), ईश्वर कार्की (कोसी), अरूण पौडेल (वाग्मती), र दिनेश आचार्य (गण्डकी) छन् ।

    त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीआईजी हिमालय श्रेष्ठ, प्रहरी प्रधान कार्यालय प्रशासन विभागका डीआईजी सुशील सिंह राठौर र डीआईजी गोविन्द थपलिया पनि एआईजी पदका दावेदार बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images