रूपन्देही– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा पहिलोपटक प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने प्रयास गरेको छ ।
बिहीबार–शुक्रबार ३६ घण्टा सञ्चालन भएको यस मतदानमा अपेक्षितभन्दा कम सहभागिता देखियो ।
रास्वपाका २ हजार ७ सय ७८ मतदाता मध्ये १५ सय ६७ जनाले मात्र मतदान गरे करिब ५८ प्रतिशत, केन्द्रीय सदस्यमध्ये ६२ मध्ये मात्र २७ जनाले भोट हालेका थिए ।
पार्टीभित्र यस न्यून मतदानको कारणबारे विभिन्न तर्क चलेका छन् ।
कतिपयले स्मार्टफोन नहुँदा मतदान गर्न नपाएको र केन्द्रीय सदस्यले उम्मेदवार राम्ररी नचिनेकाले भोट नहाल्न सक्ने बताएका छन् ।
झण्डै ३२–३३ सदस्यले प्राइमरी इलेक्सन प्रणाली ह्याक भएको दावी गर्दै उजुरी दिएका छन् ।
रास्वपा रूपन्देही अध्यक्ष डा.बुद्धि शर्माका अनुसार केही प्राविधिक समस्या र पासवर्ड समस्या आएको थियो ।
तर, ती समाधान गरिएको छ ।
पार्टीले यस विषयमा छानबिन गर्न कार्यदल गठन गर्ने तयारी गरिरहेको छ ।























