images
images
  • इसराइली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

    काठमाडौं– हुथी विद्रोहीहरूले इसराइलको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहाबी र अन्य उच्च अधिकारीहरू मारिएको दाबी गरेका छन् ।

    हुथी राजनीतिक परिषद् प्रमुख महदी अल–मशातले भिडियो सन्देशमा यसको पुष्टि गर्दै रक्तपातको प्रतिशोध लिने चेतावनी दिएका छन् ।

    हुथी सञ्चालित टेलिभिजनले पनि प्रधानमन्त्री मारिएको र केही मन्त्रीहरू गम्भीर घाइते भएको समाचार सार्वजनिक गरेको छ ।

    यसबारे स्वतन्त्र पुष्टि भने बाँकी छ ।

    इसराइलका रक्षामन्त्री बेन कात्जले अमेरिकन मिडियालाई भनेका छन् कि आक्रमणमा प्रधानमन्त्रीसहित उच्च अधिकारीहरूलाई निशाना बनाइएको थियो ।

    आक्रमणमा राष्ट्रपति भवन नजिकै सैन्य आधार, विद्युत् केन्द्र र इन्धन भण्डारण केन्द्रमा समेत बम खसेको बताइएको छ ।

    गत दुई वर्षयता इसराइलले इरान–समर्थित समूहका नेता र उच्च अधिकारीहरूलाई योजनाबद्ध आक्रमण गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images