images
images
  • रवि लामिछाने र इन्दिरा रानाको पक्षमा मोर्चा कस्दै प्रचण्ड, सडक–सदनमा प्रतिवादको तयारी

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेलाई जोगाउने जिम्मा आफ्नै भएको दाबी गर्दै आएका छन् ।

    नख्खु जेलमा लामिछानेलाई भेटेको साता दिनमै विराटनगरमा पनि उनले यही कुरा दोहोर्याए ।

    असार २०८२ मा सरकार ढल्दै जाँदा प्रचण्डले विपक्षमा जानुपर्ने भएपछि रास्वपालाई साथमा लिन बाध्य भए ।

    त्यसयता उनले रास्वपाको पक्षमा अझै खुलेर बोल्न थालेका छन् ।

    इन्दिरा रानामगरलाई उपसभामुखबाट हटाउन नहुने भन्दै प्रचण्ड सडकदेखि सदनसम्म रास्वपाभन्दा चर्को स्वरमा देखिएका छन् ।

    यसका साथै उनले लामिछाने र रानाको पक्षमा मोर्चा कस्ने तयारी गरेको माओवादी बताउँछ ।

    २०७९ को निर्वाचनमा रविकै कारण चितवन छाड्नुपरेको प्रचण्ड अहिले भने उनलाई ‘अभिभावक’ जस्तै साथ दिनुपर्ने अवस्थामा पुगेका छन् ।

    अघिल्ला दुईपटक सरकारमा हुँदा पनि लामिछाने गृह मन्त्रालयमा पुगेका थिए तर, प्रचण्डले ओलीसँग बढी नजिक रहेको भन्दै गुनासो गर्थे ।

    विश्लेषकहरू भन्छन्, ‘प्रचण्डको अहिलेको रविप्रतिको झुकाव राजनीतिक फाइदासँग जोडिएको छ । कांग्रेस–एमाले मिलेर लामिछानेलाई जेल हाल्दा सहानुभूति बढेको छ, जसले २०८४ को चुनावमा प्रभाव पार्न सक्छ । त्यसैले प्रचण्डले एमाले–कांग्रेससँग सिधा गठबन्धन सम्भव नदेखेर रास्वपातर्फ ढल्किएको आकलन गरिएको छ ।’

    तर, विश्लेषकहरूको भनाइमा प्रचण्ड स्थायी रूपमा कुनै पक्षसँग बाँधिँदैनन् ।

    परिस्थिति अनुसार बदलिने उनको प्रवृत्तिअनुसार २०८४ सम्म रास्वपा–माओवादी सहकार्य गर्ने वा नगर्ने कुरा तत्काल भन्न सकिने अवस्था छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images