images
images
  • नेपालको अतिक्रमित भूमि चीन–भारत व्यापार सम्झौतामा सी मौन, बिआरआई कार्यान्वयनमा जोड

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्तामा दुवै नेताले परस्पर लाभदायक सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    राष्ट्रपति सीले नेपालसँगका उच्च गुणस्तरका बिआरआई परियोजना छिट्टै कार्यान्वयन गर्ने, अवरुद्ध नाकाहरू खोल्न सहयोग गर्ने तथा नेपाललाई भूपरिवेष्टितबाट भूजडित बन्न मद्दत गर्ने आश्वासन दिएका छन् ।

    साथै, उनले चीनको निरन्तर सहयोग रहने र संयुक्त राष्ट्रसंघ तथा एससिओजस्ता बहुपक्षीय मञ्चमा पनि सहकार्य गर्ने प्रतिबद्धता दोहो¥याए ।

    प्रधानमन्त्री ओलीले मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु सहनशीलता र जनस्तरको सम्बन्ध विस्तारमा सहयोग मागेका छन् ।

    साथै, नेपालले एक चीन नीतिको दृढ समर्थन गर्ने र कुनै पनि शक्तिलाई चीनको हितविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

    वार्तामा दुवै पक्षले रणनीतिक पारस्परिक विश्वास बढाउने, व्यापार, लगानी, पर्यटन, कृषि, विज्ञान–प्रविधि, स्वास्थ्य लगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने र बिआरआईलाई संयुक्त रूपमा अघि बढाउने सहमति व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images