images
images
  • जनार्दन ओलीको आडैमा बसेको तस्बिर भाइरल, के हो वास्तविकता ?

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मासँग प्रधानमन्त्री केपी शर्मा ओली बसेको एउटा पुरानो तस्बिर पछिल्ला दिनमा प्रचण्ड पक्षका कार्यकर्ताले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् ।

    तस्बिरलाई कटिङ गरी हालसालैको जस्तो देखाइए पनि यो गत चैतमा थाइल्यान्डमा सम्पन्न बिमस्टेक बैठकका क्रममा खिचिएको हो ।

    पार्टीभित्र प्रचण्ड–शर्मा विवाद तीव्र बन्दै गएको बेला सो तस्बिरलाई राजनीतिक पूर्वाग्रहसहित प्रयोग गरिएको नेताहरूको आरोप छ ।

    वाईसीएलका पूर्वअध्यक्ष सुवोध शेर्पाली र केन्द्रीय सदस्य हिरानाथ खतिवडालगायतले तस्बिरलाई अतिरञ्जित गरेर प्रचार गर्नु पार्टीकै घाटा हुने चेतावनी दिएका छन् ।

    उनीहरूका अनुसार फरक–फरक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुँदा नेताहरूबीच खिचिएका सामूहिक तस्बिरलाई कटिङ गरेर निराधार आरोप लगाउनु अस्वीकार्य छ ।

    यसले पार्टीलाई कमजोर मात्र बनाउँछ ।

    नेताहरूले आलोचना गर्दा पनि तथ्यमा आधारित रहन र विगतका अन्तरसंघर्षबाट पाठ सिक्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images