images
images
  • रास्वपा ‘प्राइमरी इलेक्सन’मा ६२ केन्द्रीय सदस्यहरूमध्ये ३५ जनाले हालेनन् भोट

    काठमाडौं– रूपन्देही–३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) मा ६२ केन्द्रीय सदस्यमध्ये २७ जनाले मात्र मतदान गरेका छन् ।

    आधाभन्दा बढी सदस्यले नै मतदान नगरेपछि नेताहरूले आश्चर्य प्रकट गरेका छन् ।

    मोबाइल एपमार्फत भदौ १२ देखि १३ गतेसम्म भएको मतदानमा २ हजार ७७८ मतदातामध्ये १ हजार ५६७ मत खसेका थिए ।

    साधारण सदस्यको मतभार ८०, तहगत समितिको १० र केन्द्रीय सदस्यको १० अंक थियो ।

    हालसम्म लोकप्रिय मतमा सुलभ खरेल, डा.लेखजंग थापा र ज्ञानु पौडेल अग्रस्थानमा छन् ।

    पाथिभेन्द्र उपाध्याय, कुसुम श्रेष्ठ र मधुप्रसाद आचार्य दोस्रो समूहमा देखिएका छन् ।

    महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उम्मेदवारलाई राम्रोसँग नचिनेकै कारण वा ‘नो भोट’ प्रावधानका कारण केन्द्रीय सदस्यले मतदान नगरेको हुनसक्छ ।

    नतिजा आजै सार्वजनिक गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images