images
images
  • रूपन्देही–३ को उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवार घोषणा गर्दै, आकांक्षीले रविलाई भेट्ने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ उपनिर्वाचनका लागि आज (आइतबार) आफ्नो उम्मेदवार घोषणा गर्ने भएको छ ।

    पार्टी प्रवक्ता मनीष झालेका अनुसार ९ आकांक्षीमध्येबाट अन्तिम नाम चयन गरिनेछ ।

    पार्टी सभापति रवि लामिछानेलाई बिहान नक्खु कारागारमा भेटेपछि सचिवालय बैठक बस्ने र अपराह्न ४ः३० बजे उम्मेदवार सार्वजनिक गर्ने कार्यक्रम छ ।

    रास्वपाबाट उम्मेदवारीका लागि पार्थिवेन्द्र उपाध्याय, उमा अधिकारी, सुलभ खरेल, लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (जेबी), कुसुम महर्जन, रचना क्षेत्री र मधु अर्यालले आवेदन दिएका थिए ।

    यो निर्वाचन २०७९ मा निर्वाचित राप्रपाका सांसद दीपक बोहराको निधनपछि रिक्त बनेको हो ।

    रूपन्देही–३ मा आसन्न कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images