काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई आफ्नो पाँच दिने चीन भ्रमणबारे जानकारी दिएका छन् ।
शुक्रबारको बैठकमा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ १४ गते चीन भ्रमणमा जाने बताए ।
उनले भ्रमणको मुख्य उद्देश्य तियानजिङमा हुने संघाई सहयोग संगठन (क्ऋइ) को शिखर सम्मेलनमा सहभागी हुनु रहेको बताए ।
ओलीले नेपालको संगठनमा सहभागिता बढाउने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने लक्ष्य रहेको पनि बताए ।
तर, उनले लिपुलेक हुँदै चीन–भारत व्यापारिक मार्ग खोल्ने सहमतिबारे संसद्मा कुनै जवाफ दिएनन् ।
साथै, भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति र अन्य मित्र राष्ट्रका नेतासँग भेट हुने जानकारी दिए ।
तर, छलफलका विषय खुलाएनन् ।
प्रतिक्रिया दिनुहोस्























