काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले १७ कात्तिकमा रूपन्देही–३ मा हुने उपनिर्वाचनमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश समिति अध्यक्ष सुदर्शन बरालका अनुसार निर्वाचन क्षेत्रमा चार÷पाँच जना उम्मेदवार आकांक्षीहरूमाथि छलफल भएको छ ।
उनीहरूमध्ये सोनिया यादव, फैज अहमद खाँ, मनिष जोशी र तीरबहादुर रोका समावेश छन् ।
प्रारम्भिक रूपमा सोनिया यादवप्रति सकारात्मक धारणा रहेको बताइएको छ ।
माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले पार्टीले उम्मेदवारको नाम टुंगो लगाउन केन्द्रीय पदाधिकारी बैठकको निर्णय पर्खिरहेको बताए ।
सोनिया यादवले पनि उम्मेदवारी आकांक्षा व्यक्त गरेकी छिन् ।
यसपटक माओवादीले आफ्नो चुनाव चिह्न प्रयोग गर्दै गठबन्धनमा नगई चुनाव लड्ने योजना बनाएको छ ।
निर्वाचन क्षेत्र नं. ३ का सचिव जोशी पनि पार्टीबाट उम्मेदवार बन्ने आकांक्षी छन् ।
सोनिया यादव शहीद परिवारकी सदस्य हुन् ।
उनका श्रीमान् रमेश यादवलाई २०६२ सालमा सुरक्षाकर्मीले भैरहवामा हत्या गरेका थिए ।
खाँ र रोका पनि उम्मेदवारका आकांक्षी रहेका छन् ।























