images
images
  • नापी अधिकृतले ५ करोड ७९ लाखभन्दा बढी रकम कुम्ल्याएको १० वर्षपछि अख्तियारमा उजुरी

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    शुक्रबार दायर गरिएको मुद्दामा यादवले ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

    अनुसन्धानका क्रममा उनले निमित्त कार्यालय प्रमुख रहँदा विभागीय प्रमुख र राजनीतिक व्यक्तिहरूलाई प्रभावमा पारेर प्रमुख नापी अधिकृत (उपसचिव) को दरबन्दी रिक्त गराएको पाइएको अख्तियारको दाबी छ ।

    साथै, वैदेशिक अध्ययनमा गएका कर्मचारीको पद–दरबन्दी कायम राख्दै करिब १० वर्षसम्म निरन्तर निमित्त प्रमुख भएर कार्यरत रहँदा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी करोडौँको आर्थिक चलखेल गरेको ठहर आयोगले गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images