images
images
  • उमेरहद र दुई कार्यकाल यथवात् राख्नेमा भण्डारी पक्षरधर नेताहरूको जोड, ओली सशंकित

    काठमाडौं– नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनअघि केन्द्रीय कमिटीको बैठक अनिश्चित बनेको छ ।

    विवाद र समय अभावका कारण बैठक स्थगित गरिएको छ भने प्रतिवेदनहरू सिधै महाधिवेशन हलमा पेस हुने भएका छन् ।

    एमालेको विधान महाधिवेशन ललितपुर गोदावरीमा २०–२२ भदौमा हुँदैछ ।

    त्यहाँ विधान मस्यौदा, राजनीतिक र सांगठनिक प्रतिवेदनसहित चार आयोगका प्रतिवेदनहरू प्रस्तुत हुनेछन् ।

    स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अन्तिम तयारी तीव्र गतिमा भइरहेको छ र समय अभावले केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदनहरू छलफलबिना सिधै महाधिवेशनमा पेस गर्ने रणनीति बनाएका छन् ।

    विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन ओलीले, विधान मस्यौदा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेलले पेस गर्नेछन् ।

    ९ समूहमा प्रतिनिधिहरूले प्रतिवेदनमा छलफल गरी निष्कर्ष प्रस्तुत गर्ने व्यवस्था छ ।

    यसबीच, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल फरक मतसहितको प्रतिवेदन पेस गर्ने तयारीमा छन् ।

    पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पक्षमा रहेका नेताहरू ७० वर्षे उमेर हद र दुई कार्यकालमाथि रोक लगाउने व्यवस्थामा जोड दिइरहेका छन् ।

    ओलीले भण्डारीलाई पूर्वउपाध्यक्ष भीम रावलजस्तै कारबाही गर्न सक्ने चेतावनी दिएका छन् ।

    तर, उनका स्वकीय सचिवालयले सो भिडियोमा उठाइएका विषयवस्तुलाई भ्रामक ठहर गर्दै अस्वीकार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images