images
images
  • कांग्रेस–एमाले नेतृत्वको गठबन्धनमा जनमत बाहेकका साना दलहरूले साथ छोड्दै, एक्लिँदै प्रम ओली

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी दुई मधेशवादी दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारले दिएको समर्थन फिर्ता गर्ने तयारीमा छन् ।

    अशोक राई नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाले सरकारसँग समर्थन कायम राख्दै पनि मन्त्रीहरूको फेरबदलमा पार्टीको निर्देशन नमानिएको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।

    जसपा अनुसार पार्टीले आफ्ना मन्त्री नवलकिशोर साह (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक) र प्रदीप यादव (खानेपानी) फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    सोही क्रममा, सांसद डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्री बनाउने सिफारिस ८ भदौमा गरिएको थियो ।

    तर, ११ भदौसम्म राजीनामा गर्न भनिए पनि दुवै मन्त्रीले मान्न अस्वीकार गरेपछि जसपा पार्टी नेतृत्वले सरकारबाट बाहिरिने निष्कर्ष निकालेको हो ।

    यस्तै, लोसपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्ला नियुक्त गर्ने तयारी गरेको छ ।

    लोसपा नेताहरूको आरोप छ कि अध्यक्ष ठाकुरको महिनौंको आग्रहपछि पनि प्रधानमन्त्री ओलीले निर्णय नगरेका कारण यो कदम चालिएको हो ।

    हाल ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपा सहभागी छन् ।

    यसमध्ये जनमत पार्टी संघीय सरकारमा नभई मधेश प्रदेश सरकारको नेतृत्व गर्दै आएको छ ।

    यसअघि उपेन्द्र यादव नेतृत्वको जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images